
३ जेठ, दैलेख । दैलेखको चामुण्डा विन्द्रासैन नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाली कांग्रेसका गणेशबहादुर शाहीले ४०७० मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका सूर्यबहादुर शाहीलाई पराजित गरेका हुन् । एमालेका सूर्यबहादुरले ३९९२ मत पाए । तेस्रो भएको नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १४६२ मत पाए ।
उपमेयरमा पनि कांग्रेसकै मनसरा कुमारी शर्मा विजयी भएकी छन् । उनले ४०३८ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी नन्दकुमारी विष्टले ३९९६ मत पाइन् ।
तेस्रो भएकी मजदुर किसान पार्टीकी राजकुमारी शाहीले १२४२ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4