
मेयरमा निर्वाचित देवकुमार नेपाली ।
३ जेठ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा एमालेका देवकुमार नेपाली निर्वाचित भएका छन् ।
५७३५ मतका साथ नेपाली पुन: मेयरमा दोहोरिएका हुन् । उघिल्लो पटक पनि उनी मेयरमा निर्वाचित भएका थिए ।
नेपालीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५१३५ मत ल्याए ।
उपमेयरमा भने नेपाली कांग्रेसका धनबहादुर कायत ५६५० मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ४८८४ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4