
३ जेठ, सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ ।
मेयरमा माओवादी केन्द्रका रामाशंकरप्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी निर्वाचित भएका हुन् ।
कुशवाहाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभयकुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै कुशवाहा निर्वाचित भएका हुन् ।
कुशवाहाले ४ हजार ६४३ मत प्राप्त गरेर निर्वाचित हुँदा सिंहले ३ हजार ६३१ मत प्राप्त गरे । नगरप्रमुखमा पराजित सिंह निवर्तमान नगरप्रमुख हुन् ।
यस्तै, बलराको उपमेयरमा निर्वाचित माओवादीकी देवीले ४ हजार ३५१ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्दी लोसपाकी रागनदेवीले ३ हजार ७४० मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4