
अध्यक्षमा निर्वाचित कांग्रेसका राजकुमार साह
३ जेठ, धनुषा । धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ ।
अध्यक्षमा कांग्रेसका राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित साहले २ हजार २६२ मत ल्याउँदा लोसपाका जीवेन्द्र झाले २ हजार १६३ मत प्राप्त गरी दोस्रो भए ।
उपाध्यक्षमा निर्वाचित मण्डलले २ हजार ४३० मत ल्याउँदा लोकतान्त्तिक समाजवादी पार्टीकी रंजितादेवी मण्डलले १ हजार ९०१ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4