
३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा कांग्रेस उम्मेदवार भक्तध्वज बोहरा र उपाध्यक्षमा गीता कुमारी नेपाल निर्वाचित भएका हुन् ।
बोहराले ४ हजार २२९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मेघनाथ पौडेलले ३ हजार २६७ मत पाए । यसैगरी माओवादी केन्द्रका बिर्खबहादुर श्रेष्ठले १ हजार ८६२ मत पाएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी गिता कुमारी नेपाल ४ हजार १५६ मतसहित निर्वाचित भइन् ।
यसैगरी नेकपा एमालेकी सबिता श्रेष्ठले ३ हजार ८८९ र माओवादी केन्द्रकी मिना लामाले १ हजार २०३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4