
३ जेठ, जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ ।
अध्यक्षमा माओबादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याए ।
उपाध्यक्षमा निर्वाचित माओबादीकी रोकायाले १ हजार ९५६ मत पाइन् । काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाएर दोस्रो भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4