
३ जेठ, बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन् ।
जोशी माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्रबहादुर राना (शीतल)लाई ५२१ मतले पछि पार्दै निर्वाचित भएका हुन् । अध्यक्षमा जोशीले ३ हजार १८९ मत ल्याउँदा सत्ता गठबन्धनका रानाले २ हजार ६४१ मत ल्याए ।
गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार भगीरथ बोहरा निर्वाचित भए । उपाध्यक्षमा बोहराले ३ हजार ८७३ मत ल्याउँदा एमाले उम्मेदवार लिलावती जोशीले २ हजार ७७९ मत ल्याइन् ।
यस्तै वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानलसहित विजयी भए । योसँगै वडा नम्बर ४, ५ र ७ मा स्वतन्त्र उम्मेदवारहरु प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार हरि पन्त, वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भइसकेका छन् ।
डिलासैनीको वडा नम्बर १ र ६ मा कांग्रेस तथा २ र ३ मा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4