
३ जेठ, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा निर्वाचित भएका छन् ।
लामाले १ हजार ८०३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४१६ मत ल्याए ।
उपाध्यक्षमा एमालेकै सहना लामा निर्वाचित भएकी छन् । उनले १ हजार ७९१ मत ल्याउँदा नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेले १ हजार ५३६ मत ल्यार दोस्रो भए । यसअघि भोटखोलाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4