
३ जेठ, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगर निर्वाचित भएका छन् । ९ हजार २३९ मत ल्याउँदै थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनी २०७४ सालको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । थापाका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेलवार छत्रबहादुर दाहालले ८ हजार ४२ मत पाए । २०७४ को निर्वाचनमा पनि दाहाल थापामगरसँग १९ मतअन्तरले पराजित भएका थिए ।
गाउँपालिका उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका छन् । उनले ८ हजार ३९९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्दी एमालेकी पदममाया तामाङले ७ हजार ९०८ मत पाइन् ।
तीनपाटनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4