
3 जेठ, रोल्पा । स्थानीय तहको निर्वाचनमा आफू पराजित भएपछि नेकपा माओवादी केन्द्रका वीरहादुर खत्रीले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेका खत्रीले गंगादेव गाउँपालिकाको इन्चार्जबाट राजीनामा दिएका हुन् ।
निर्वाचनमा गंगादेव गाउँपालिका माओवादी केन्द्रलाई जिताउन नसकेको कारण नैतिकताका आधारमा राजीनामा दिएको खत्रीले दिएको राजीनामा पत्रमा उल्लेख छ।
२०७४ मा स्थानीय तहको निर्वाचनमा गंगादेव गाउँपालिका अध्यक्ष जितेका उनी यसपटक पनि उम्मेदवार थिए । तर, यसपटक उनी नेपाली कांग्रेसका उम्मेदवार हरिबहादुर पुनसँग पराजित भए ।
७ वटा वडा रहेको गंगादेवमा यसपालि माओवादी केन्द्रले १ वटा मात्रै वडामा जितेको छ र पालिकाभर तेस्रो भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4