
३ जेठ, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाको प्रमुमा नेपाली कांग्रेसका टेक प्रसाद भण्डारी निर्वाचित भएका छन् ।
उनी नेकपा एमालेका उम्मेदवार रामप्रसाद श्रेष्ठलाई २ हजार ५७४ मत अन्तरले पछि पार्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् । भण्डारीले ७ हजार ७२६ मत पाउँदा एमालेका श्रेष्ठले ५ हजार १५२ मत पाए ।
यसैगरी नगर उपप्रमुखका राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर निर्वाचित भएका छन् । रानामगर ७ हजार ३७७ मतसहित नगर उपप्रमुखमा निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी गौरी बारापातेले ५ हजार २६ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4