३ जेठ, वालिङ । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सूर्यबहादुर कुँवर र उपाध्यक्षमा भगवती शर्मा निर्वाचित भएको निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीले जानकारी दिए ।
कुँवरले ४ हजार ८७२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले ४ हजार ७४६ मत ल्याउए । यस्तै उपाध्यक्षमा शर्मा ४ हजार ९३७ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका थमबहादुर गुरुङले ३ हजार ६७६ मत पाए ।
८ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ३ वडाध्यक्ष एमाले, चार वडाध्यक्ष कांग्रेस र एक वडाध्यक्ष माओवादी केन्द्रले जितेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा बिरुवा गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो ।
बिरुवा गाउँपालिकामा कुल १६ हजार ५९९ मतदाता रहेकोमा १० हजार ४६० मत खसेको थियो ।
प्रतिक्रिया 4