३ जेठ, पाँचथर । पाँचथरको मिक्लजाजुङ गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अमराज माखिम विजयी भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका माखिमले नेकपा एमालेका नरेन्द्र बस्नेतलाई २ हजार ३९ मत अन्तरले पराजित गरेका हुन् ।
माखिमले ६ हजार ६५ मत ल्याउँदा बस्नेतले ४ हजार २६ मत ल्याए । माखिम मिक्लाजुङ गाउँपालिकाको निर्वतमान अध्यक्ष समेत हुन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार शेर्मा ‘सन्तोष’ विजयी भएका छन् । शेर्मासँग एमालेकी धनमाया सारु मगर पराजित भइन् । शेर्माले ५ हजार ५४२ मत प्राप्त गर्दा मगरले ३ हजार ३ सय ७२ मत ल्याइन् ।
८ वडा रहेको मिक्लाजुङमा वडा नम्बर ८ बाहेक सबै वडाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4