
३ जेठ, लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अर्जुन गुरुङ र उपाध्यक्षमा जुनामाया थापा निर्वाचित भएका छन् ।
गुरुङले ६ हजार १ सय ३० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लोकनाथ घिमिरेले ४ हजार ३ सय ६९ मत ल्याए । जनता समाजवादी पार्टी (जसपा) का वसन्तबहादुर थापाले १ मत ल्याए ।
उपाध्यक्षमा निर्वाचित एमालेकी जुनामाया थापाले ५ हजार ८ सय ९५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याए ।
मर्स्याङदी गाउँपालिकाको वडा नम्बर १, २, ३, ७, ८ मा एमाले र वडा नम्बर ४, ५, ६ र ९ मा कांग्रेसले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4