
३ जेठ, धादिङ । गजुरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले निवर्तमान अध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवार राजेन्द्रविक्रम बस्नेतलाई २ हजार २५७ मत अन्तरले पराजित गरेका हुन् ।
श्रेष्ठले ६ हजार ३०८ मत ल्याउँदा बस्नेतले ४ हजार ५१ मत पाए । गजुरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी शर्मिला बिसुरालले एमालेकी भगवती खतिवडालाई २ हजार १०७ मत अन्तरले पराजित गर्दै विजयी भइन् । बिसुरालले ५ हजार ६९९ मत पाइन् भने खतिवडाले ३ हजार ५९२ मत मात्रै ल्याइन् ।
२०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको थियो ।
यसैगरी गजुरीका ८ वडामध्ये ५ वटामा माओवादी केन्द्र र ३ वटामा कांग्रेसले वडाध्यक्ष जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4