
३ जेठ, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा जमान सिंह केसी र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी निर्वाचित भएका हुन् ।
अध्यक्षमा केसी ७ हजार ६९८ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वबहादुर थारुले ६ हजार ६२० मत पाए । एमालेका उम्मेदवार भरतबहादुर धामीले १ हजार ८५१ मत पाए ।
यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी लक्ष्मी कुमारी चौधरी ७ हजार १५३ मतसहित निर्वाचित भइन् । माओवादी केन्द्रकी लिला चौधरीले ६ हजार ५८३ मत पाउँदा एमालेकी मञ्जु शर्माको पक्षमा २ हजार २४३ मत परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4