
३ जेठ, पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बाबुराम खड्काले २ हजार ७१८ मत ल्याउँदा उनका प्रतिस्पर्धी गोविन्दबहादुर तामाङले २ हजार ३११ मत मात्रै पाए ।
यस्तै गाउँपालिको उपाध्यक्षमा नेकपा एमालेकी नन्दकुमारी विश्वकर्मालाई हराउँदै नेकपा माओवादी केन्द्रका खड्क सुन्दर सम्वाहाम्फे निर्वाचित भएका छन् ।
सम्वाहाम्फेले २ हजार ७०८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी विश्वकर्माले २ हजार ९ मत मात्र पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4