
२ जेठ, पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
उनी ११ हजार २७३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत पाए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रतीक्षा सिंजाली ११ हजार १५१ मत प्राप्त गरी निर्वाचित भइन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जानकारी दिएको छ । तानसेनमा २०७४ को निर्वाचनमा प्रमुख, उपप्रमुख दुबै पदमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।
तानसेनका १४ मध्ये १० वटा वडामा सत्तारुढ दलका उम्मेदवार निर्वाचित भएका छन् भने चार वटामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4