
३ जेठ, लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका युवराज अधिकारी निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका बिच्छबहादुर घले निर्वाचित भएका छन् ।
अधिकारीले चार हजार ७३८ मत ल्याएर अध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले चार हजार ६५१, राप्रपाका गोपाल लामिछानेले ९३ मत, जसपा नेपालका खेमजङ गुरुङले ४५ मत, स्वतन्त्र उम्मेदवार हरिशचन्द्र पण्डितले १ मत ल्याए ।
उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बिच्छ्बहादुर घलेले चार हजार ९ ५८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मंगोल नेशनल अर्गनाइजेसनका कृष्णबहादुर गुरुङ (तामाङ) ले १ सय २९ मत र राप्रपाका नन्दिमाया गुरुङले ८० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4