
३ जेठ, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाई निर्वाचित भएका छन् । उनले दुई हजार तीनसय २० मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बीरबहादुर कुँवरले एक हजार ८०६ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी रेवती रावल निर्वाचित भएकी छन् । उनले एक हजार ७५८ मत प्राप्त गरिन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३१२ मत प्राप्त गरिन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा तातोपानीमा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4