
३ जेठ, काडमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सबिना बुढा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठले तीन हजार ९७५ मत मत पाए भने उनका निकटतम प्रतिस्पर्धी मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ५०३ मत पाए ।
उपाध्यक्षमा निर्वाचित बुढाले तीन हजार ९५१ मत पाइन् भने नेकपा एमालेका कमान सिहं डाँगी क्षेत्रीले एक हजार ३५५ मत पाए ।
यस गाउँपालिकामा उम्मेद्वारी दिने बेलामा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए ।
गठबन्धन गर्दा कांग्रेसले पालिका अध्यक्षमा र एमालेबाट उपाध्यक्षमा उममेद्वारी दर्ता भएको थियो । पछि कांग्रेसका भीमबहादुर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
९ वटा वडा रहेको यस गाउँपालिकाको ८ नम्बर वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ ।
४ नम्बर वडामा एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् ।
अन्य सबै वडामा माओवादीको प्यानलै विजयी भएको छ ।
प्रतिक्रिया 4