
३ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले अग्रता लिएकी छन् ।
२७ हजार ७५४ मत गणना हुँदा लामाले ५५ मतले अग्रता लिएकी हुन् । यसअघि राप्रपाका उम्मेरवार दीपकबहादुर सिंहले अग्रता लिए पनि मंगलबार लामाले अग्रता लिएकी हुन् ।
लामाले ८ हजार ८४५ मत प्राप्त गरेका छन् । यस्तै राप्रापाका उम्मेदवार दीपक बहादुर सिंहले ८ हजार ६९० मत पाएका छन् ।
उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ एमालेकी सुमित्रा काफ्लेभन्दा ३ हजार ६७८ मतले अगाडि छन् । राजेशले ११ हजार ७११ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले ८ हजार ३३ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4