
३ जेठ, बैतडी । बैतडीको दोगडाकेदा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा एमालेले जितेके छ ।
अध्यक्षमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्की दुवै जना दोश्रो कार्यकालका लागि विजयी विजयी भएका हुन् । अध्यक्षमा कार्कीले ४९१७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार देवराज जेशीले ४०९१ मत पाएका थिए ।
उपाध्यक्षमा कार्कीले ४६८४ मत ल्याइन् भने नेकपा माओवादी केन्द्रका नवराज भट्टले ३६४१ मत ल्याए । यहाँ माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन थियो ।
दोगडाकेदार गाउँपालिकामा वडा नं. २ र ८ नं. बाहेकका ६ वटै वडामा एमाले उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4