
४ जेठ, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले युवा नेतृत्व पाएको छ । यहाँका मतदाताले मेयर र उपमेयर दुवैमा युवालाई निर्वाचित गरेका छन् ।
मेयरमा निर्वाचित नेपाली कांग्रेसका भरत बडायर जोशी र उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा दुवै युवा हुन् । मेयरमा निर्वाचित जोशी २८ वर्षका भए भने बोहोरा ३१ वर्षकी हुन् । फरक-फरक पार्टी पार्टीबाट चुनाव लडे पनि उनीहरूलाई मतदाताले नगरको नेतृत्वमा पुर्याएका छन् ।
जोशीले माओवादी केन्द्रका शेरसिंक माल डायमण्डलाई १३६ मतान्तरले पराजित गरेका हुन् ।जोशीले ५९४१ मत ल्याए भने माओवादीका डायमण्डले ५८०५ मत ल्याए । मेयरमा तेस्रो भएका एमालेका उम्मेदवार केशव बोहराले २६०६ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा भने माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा विजयी भएकी छन् । उनले ५८८५ ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकै कलावती बोहोराले ४५९३ मत लाइएकी छन् भने तेस्रो भएकी एमालेकी गोमती पन्तले ३२९६ मत ल्याइन् ।
यो नगरपालिकामा कांग्रेस, एमाले र माओवादी एकल प्रतिस्पर्धा गरेका थिए । अघिल्लोपटक पनि परशुराममा कांग्रेस र माओवादीको प्रतिस्पर्धा थियो ।
प्रतिक्रिया 4