
४ जेठ, बारा । गत वैशाख ३० गते बाराका विभिन्न केन्द्रहरूमा रद्द भएको स्थानीय तहको निर्वाचन अहिले भइरहेको छ । मतदान केन्द्रहरुमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।
जिल्लाको पचरौता नगरपालिकामा रद्द भएको चारवटा मतदान केन्द्रको मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिएका छन् ।
पचरौता नगरपालिका वडा नम्बर २ स्थित बरगाछी मतदान केन्द्र र श्रीनगर प्रा वि मतदान केन्द्र तथा वडा नम्बर ४ स्थित नेरामावि बेल्दारीको क र ख गरी चारवटा मतदान केन्द्रमा मतदान भैरहेको छ ।
मतदानको लागि आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4