
४ जेठ, काठमाडौं । सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
पालिका अध्यक्षमा माओवादी केन्द्रका निमबहादुर केसी विजयी भएका छन् भने उपाध्यक्षमा माओवादीकै जुना मल्ल विजयी भएकी छन् ।
अध्यक्षमा निर्वाचित केसीले ४४६४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामचन्द्र केसीले ३०१४ मत पाए । तेस्रो भएको एमालेका गणेशमान सिंहले १००१ मत ल्याए ।
यस्तै उपाध्यक्षमा विजयी जुनाले ४४६६ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी उषा चन्दले २८६४ मत पाएकी छन् । तेस्रो भएको एमालेकी पुतला खड्काले १०७६ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4