
४ जेठ, सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका उमेश कुमार पौडेल र उपमेयरमा एमालेकी विमला खड्लुक निर्वाचित भएका हुन् ।
पौडेल ६६३९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर राना ६३७४ मत ल्याएका छन् ।
उपाध्यक्षमा निर्वाचित एमालेकी विमला खड्लुक ६१०९ मत ल्याउँदा नेकपा एकिकृत समाजबादीकी देउ कली थापामगरले ५४४० ल्याएकी छिन् ।
लेकवेशी नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा नेकपा एमाले निर्वाचित भएको थियो । तर यो पटक भने उपमेयरमा चित्त बुझाउनु परेको छ ।
मेयरमा निर्वाचित पौडेल ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेसँगै पराजित भएका थिए । उनलाई एमालेका गगनसिंह सुनारले १३५४ मतअन्तरले पराजित गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4