
प्रमुख पदमा विजयी नेपाली कांग्रेसका जीवन खत्री
४ जेठ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रमुख पदमा कांग्रेसका जीवन खत्री ९ हजार ५५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विना बास्तोलाले ९ हजार १६० मत पाइन् ।
राप्रपाका रविन्द्र प्रताप शाहले ८ हजार ६७, नेमकिपाका केशव प्रसाद तिमिल्सिनाले ३ हजार २६७ र माओवादी केन्द्रका नरेश खड्काले ८६८ मत पाए ।
यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेका रमेश बुढाथोकी ११ हजार १०७ मतसहित विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभद्रा काफ्लेले ९ हजार ७६ मत पाइन् ।
राप्रपाकी मञ्जु कार्कीले ६ हजार ८६, नेमकिपाका कल्पना लामाले ३ हजार ३७४ र माओवादी केन्द्रका चण्डिका पाण्डेले ७९८ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4