
४ जेठ, झापा । झापाको बाह्रदशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देविन्द्र प्रसाद चम्लागाई र उपाध्यक्षमा शान्तिदेवी सिवाकोटी विजयी भएका छन् ।
चम्लागाई ७ हजार १४८ मतसहित पालिका अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्क प्रसाद राजवंशीले ४ हजार ३६१ मत पाए । राप्रपाका रामकुमार सिंह राजवंशीले ४ हजार ६८ र जसपाका रंगलाल राजवंशीले ११४ मत पाएका छन् ।
यसैगरी पालिका उपाध्यक्षमा एमालेकै शान्तादेवी सिवाकोटी ६ हजार ६३६ मतसहित विजयी भइन् । राप्रपाकी कमला राजवंशीले ४ हजार १९५ र माओवादी केन्द्रका शंकर प्रसाद सेडाईले २ हजार ७५७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4