
४ जेठ, रौतहट । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।
राजदेवी नगरपालिकामा समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव विजयी भएका हुन् । उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् ।
मेयर पदमा निर्वाचित भएका यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसकी अर्चना कुमारी यादवे ३ हजार १४९ मत प्राप्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4