+
+

प्रदेश सांसदबाट राजीनामा दिएका कुशवाहा मेयरको दौडमा ६४८ मतले पछाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १०:२१
उपेन्द्रप्रसाद कुशवाहा/फाइल तस्वीर

४ जेठ, जनकपुरधाम । प्रदेश सांसद पदबाट राजीनामा दिएर सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उपेन्द्रप्रसाद कुशवाहा ६ सयभन्दा बढी मतले पछि परेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देबेन्द्रकुमार यादवसँग ६ सय ४८ मतले पछि परेका हुन् ।

यादवले ३ हजार ३५५ मत पाउँदा कुशवाहाले २ हजार ७०७ मत मात्रै पाएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार श्यामबाबु साहले २ हजार ३६० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?