
४ जेठ, रौतहट । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका क्रममा झडप भएपछि रद्द भएका रौतहटका २४ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । मतेपेटिका लुटपाट, मतपेटिका तोडफोड र झडपका कारण रद्द भएका ६ स्थानीय तहका मतदान केन्द्रहरुमा आज बिहानबाट मतदान भइरहेको हो ।
रौतहटको गरुडा नगरपालिकाको १, गढीमाई नगरपालिकाको ४, देवाही गोनाही नगरपालिकाको २, फतुवा विजयपुरका ४, बौधीमाई नगरपालिकाको ८ र यमुनामाई गाउँपालिकाको ५ मतदान स्थलमा मतदfन भइरहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रौतहटको फतुवा विजयपुर नगरपालिकामा झडप भएपछि प्रहरीले हवाई फायर गर्नुपरेको थियो भने यमुनामाई गाउँपालिका-२ भेडियाही मावि मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर भागेका थिए ।
सबै मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मतदान भइरहेको छ ।
प्रतिक्रिया 4