
४ जेठ, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका कर्णबहादुर थापा र उपमेयरमा कमला जैशी(न्यौपाने) निर्वाचित भएका हुन् ।
थापाले ४ हजार ७६१ मत ल्याउँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका एमालेका मोतिसिंह बुढाले ३ हजार ५८६ मत ल्याए ।
उपमेयरमा निर्वाचित कमलाले ४ हजार ७४३ मत प्राप्त गर्दा बाम गठबन्धनका माओवादीका मनराज बुढाले ३ हजार ९४ मत प्रात गरे ।
त्रिवेणीमा नेपाली कांग्रेसले ६ वडा र बाम गठबन्धनले ३ वडा जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4