
४ जेठ, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका घननारायण श्रेष्ठले ६ हजार ५ सय ८१ मत पाए ।
उपमेयरमा नेकपा एमालेका बिना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4