
४ जेठ, झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेलले मतान्तर घटाउँदै लगेकी छन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले मात्रै पछाडि छन् । ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय सार्वजनिक परिणाममा थापाले १० हजार ६४ मत ल्याएका छन् भने अधिकारीले १० हजार ४९ मत ल्याएका छन् । उपमेयरतर्फ एमाले उम्मेदवार अम्बिकाप्रसाद खनाल अगाडि छन् । उनले ९ हजार ८७४ मत ल्याउँदा सत्ता गठबन्धनकी रेगिना भट्टराईले ९ हजार ७२७ मत ल्याएकी छन् ।
दमकमा उपमेयरमा राप्रपाले सत्ता गठबन्धनलाई सघाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4