
४ मुगु, जेठ । जिल्लाको खत्याड गाउपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन् ।
अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गरेका हुन् । निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया ४५४८ मतका साथ विजयी भएकी छन् । उनले एमालेकी कविता गिरीलाई २०४९ मतान्तरले पराजित गरेकी हुन् ।उनकी प्रतिद्वन्द्वी एमालेकी कविताले २४९९ मत पाइन् ।
११ वडा रहेको यो गाउँपालिकामा माओवादीले ५ र कांग्रेस-एमालेले ३/३ वडा जितेका छन् ।
०७४ को स्थानीय तहको निर्वाचनमा भने खत्याडमा पालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जितेको थियो । योपटक भने ३ वटा वडामै सीमित रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4