
४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् ।
ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत गणनामा सहभागी हुन साह त्यहाँ पुगेका हुन् ।
साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् । पछिल्लो परिणाम अनुसार १६ हजार ५२ मत ल्याएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् । गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4