
४ जेठ, धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर घटाएका छन् । खानेपानीको मुद्दा लिएर सामाजिक अभियानमा लागेका साम्पाङले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
हालसम्म २७ हजार ६८७ मत गणना हुँदा हर्कले ७ हजार ८२२ मत पाएका छन् । उनीभन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार किशोर राई ६८ मत अन्तरले मात्र अगाडि छन् । नेकपा एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारीको पक्षमा ६ हजार ५१९ मत परेको छ ।
उपमेयर पदमा भने माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ८ हजार ८८५ मत पाएका छन् । उनलाई नेकपा एमालेका पदम इस्बोले ८ हजार ५०८ मतसहित पछ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4