
काठमाडौं । अभिनेत्री पूजा शर्मा राजनीतिप्रति तटस्थ लाग्छिन् । सकभर राजनीतिक मुद्दामा टिप्पणी गर्दिनन् । तर, यसपटक चाहिँ उनको नाम राजनीतिक चर्चासँग जोडिएको छ ।
भयो के भने, अहिले सामाजिक संजालमा ट्रोल भैरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बचाउमा पूजा उत्रिएकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले देउवालाई ट्रोल बनाउनु उचित नभएकी उल्लेख गरेकी छिन् ।
बुद्ध पूर्णिमाको दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला आयोजित ध्यान र पूजामा देउवाको बडी ल्यांग्वेजलाई लिएर टाइमटाइलमा टिप्पणी भैरहेको छ । धेरैले प्रधानमन्त्रीको रुपमा देउवाको गतिविधि अशोभनीय भएको बताएका छन् ।
त्यसको केही दिनमै देउवाका सहोदर भाइ प्रेमबहादुर दिवगंत भए । यही सन्दर्भमा पूजाको बचाउ आएको हो । उनी लेख्छिन्, ‘उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन । असल मानवको नजरले हेर्नूहोस् ।’
तर, कतिपयले चाहिँ पूजाका प्रेमी युद्ध बानियाँ कांग्रेस निकट परिवार रहेको र पूजाले सभापतिको समर्थन गर्नु स्वभाविक भएको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4