+
+

खानीखोला गाउँपालिकामा गठबन्धनका उम्‍मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १२:१३

४ जेठ, काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकाको अध्‍यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिकाको अध्‍यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपाध्‍यक्षमा नेपाली कांग्रेसका दोर्जे मान जिम्वा निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्‍यक्षमा एमालेका शेखर लामालाई १ हजार ३ सय बढी मतले हराउँदै माओवादी केन्द्रका इन्द्रबहादुर थिङ निर्वाचित भएका हुन् । थिङले ४ हजार ४८५ मत ल्याउँदा एमालेका लामाले ३ हजार १५५ मात्र मत ल्याए ।

यस्तै गाउँपालिकाको उपाध्‍यक्षमा एमालेका रुकमेणी गुरुङलाई पराजित गर्दै कांग्रेसका दोर्जे मान जिम्‍वा निर्वाचित भएका हुन् । दोर्जेले ४ हजार ३२८ मत ल्याउँदा रुकमेणीले २ हजार ९८७ मात्र मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?