
४ जेठ, इटहरी । सुनसरीको भोक्राहा-नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिता उराँव विजयी भएका हुन् ।
अजमलले ४ हजार ६०६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३ हजार २७१ मत प्राप्त गरे । यादव निवर्तमान वडाध्यक्ष समेत हुन् । उनी तत्कालीन संघीय समाजवादी फोरमबाट वडाध्यक्षमा विजयी भएका थिए । उनी स्थानीय निर्वाचनको केही समयअघि एमाले प्रवेश गरेका थिए ।
उपाध्यक्षमा निर्वाचित उराँवले ३ हजार ९७४ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी उम्मेदवार पुनमकुमारी मेहेताले २ हजार ६१८ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4