+
+

सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १२:३७

४ जेठ, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका चन्द्र किशोर थारु निर्वाचित भएका छन् ।

नगरको मेयरमा एमालेका लक्ष्मण कुमार कार्कीलाई ५ हजार बढी मतले हराउँदै माओवादी केन्द्रका दिनेश अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ८३८ मत ल्याउँदा एमालेका कार्कीले १० हजार ६५२ मात्र मत ल्याए ।

यस्तै नगरपालिकाको उपाध्‍यक्षमा एमालेकी बाल कुमारी अधिकारीलाई पराजित गर्दै कांग्रेसका किशोर चौधरी थारु निर्वाचित भएका हुन् । थारुले १४ हजार २१३ मत ल्याउँदा बालकुमारीले १० हजार ६११ मात्र मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?