+
+

मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १५:१२

४ जेठ, लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्‍मेदवार रमेशकुमार पाण्डे निर्वाचित भएका छन् ।

पाण्डेले ६ हजार ५ सय ५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनी यसअघि पनि प्रमुख थिए । उनको प्रतिस्पर्धी नेकपा एमालेका राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत पाए ।

यस्तै नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सीता गुरुङ ६ हजार ४ सय १७ मत ल्याएर विजयी भएकी छिन् ।

उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपेन्द्र अधिकारीले ५ हजार ७४ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?