
४ जेठ, कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय र उपाध्यक्षमा नेपाली कांग्रेसका कमल बहादुर निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा एमालेका धरम बहादुर थापालाई ४ सयबढी मतले हराउँदै माओवादी केन्द्रका देवीदत्त उपाध्याय निर्वाचित भएका हुन् । उपाध्यायले ३ हजार १३४ मत ल्याउँदा एमालेका थापाले २ हजार ७१५२ मात्र मत ल्याए ।
यस्तै गाउँपालिको उपाध्यक्षमा एमालेकी सरस्वतीदेवी रावल विष्टलाई पराजित गर्दै कांग्रेसका कमल बहादुर साउँद निर्वाचित भएका हुन् । साउँदले ३ हजार ३३९ मत ल्याउँदा सरस्वतीले २ हजार ३०३ मात्र मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4