
४ जेठ, बाँके । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन् । उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए ।
बिकले १० हजार ७ सय ९० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत ल्याए ।
यसैगरी गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मञ्जु मल्ल गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भइन् ।
उनी १ हजार ९ सय ४३ मतको अन्तरले निर्वाचित भएकी हुन् । मञ्जुले १० हजार ३४ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी ताजरुन निशाले ८ हजार ९१ मत ल्याएको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।
उक्त गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4