
४ जेठ, इलाम । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले जितेको छ ।
नगर प्रमुखमा सूर्य पोख्रेलले ८ हजार ६९५ मत र उपप्रमुखमा पविमाया राई ८ हजार ५६३ मतका साथ दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
यसअघि २०७४ को स्थानीय निर्वाचनमासमेत दुवैजना विजयी भएका थिए ।
गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका कांग्रेसका होम दुलालले ७ हजार ६२२ मत र उपप्रमुख माओवादी केन्द्रका राम राईले ५ हजार ७६५ मत पाएका छन् ।
दुलाल र राई यसअघि २०७४मा नगर प्रमुखका लागि पोख्रेलसँग पराजित बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4