
४ जेठ, उदयपुर । उदयपुरको बेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् ।
नगरको मेयरमा एमालेका उम्मेदवार दुर्गा कुमार थापालाई ३ हजार बढी मतले कांग्रेसका अशोक कार्की निर्वाचित भएका हुन् ।
अशोकले १० हजार १२० मत ल्याउँदा दुर्गा कुमारले ६ हजार ९८० मत मात्र ल्याए । यस्तै समाजवादीका महेन्द्रबहादुर राई ८५८, राप्रपाका इन्द्रप्रसाद अधिकारीले ४१८ र मंगोल नेशनल अर्गनाइजेशनका मसिन बहादुर राईले १७९ मत पाए ।
यस्तै नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका मनोज कुमार तामाङलाई हराउँदै एमालेकी जीरा राई निर्वाचित भएकी छिन् । राईले ८ हजार २७६ मत ल्याउँदा तामाङले ७ हजार ४९५ मात्र मत ल्याए ।
यस्तै जनता समाजवादीकी गिता गरीले ६५७, राप्रपाकी मञ्जु कुमारी चौधरीले ६२२ र मंगोल नेशनल अर्गनाइजेशनकी चन्द्रकला चौधरीले १५४ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4