
४ जेठ, सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ ।
अध्यक्षमा लोसपाका सुनिल मण्डल चार हजार ५७० मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक कुमार यादव दुई हजार २०५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा लोसपाकै अर्चना कुमारी यादव निर्वाचित भएकी छन् । उनले तीन हजार ८६७ मत ल्याएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुष्माकुमारी मण्डल दुई हजार २५३ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4