
४ जेठ, कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा जनता समाजवादी पार्टीका सुदीप पौडेल मेयरमा निर्वाचित भएका छन् ।
११ हजार ९०६ मत ल्याएका उनले नेकपा एमालेका राजेशकुमार गुप्तालाई तीन हजार भन्दा धेरै मतले पराजित गरे । राजेशले आठ हजार ७८२ मत पाए । त्यस्तै नेपाली कांग्रेसका किरण सिंहले सात हजार ५१ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा जनता समाजवादी पार्टीकै सुनीता गुप्ता निर्वाचित भएकी छन् । उनले नौ हजार ५७० मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी तुलसादेवी पाण्डेले नौ हजार ३७९ मत पाएकी छन् ।
त्यस्तै नेपाली कांग्रेसकी नसरिन खातुनले सात हजार ८३१ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4