
५ जेठ,बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
५३८६ मत पाएर कांग्रेस उम्मेदवार ध्रुवनारायण चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४९८८ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदीदेवी उपाध्याय ४९४२ मत पाएर निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारादेवी यादवले ४८८९ मत पाएकी निर्वाचन अधिकृत धर्मा अर्याल बेल्बासेले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4